आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारीका ५० वर्षीय महेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार बिहान घरायसी विवादका क्रममा महेन्द्रले ४७ वर्षीया गोमा पौडेलमाथि चक्कु प्रहार गरी हत्या गरेको भन्ने सूचना पाएपछि अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनापछि महेन्द्रलाई तत्कालै पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।





