किष्ट अस्पतालमा सुत्केरीको मृत्यु प्रकरण: इमाडोल तनावग्रस्त, प्रहरी-प्रदर्शनकारी झडप

पढ्नै पर्ने

ललितपुर। ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा खोटाङकी ३४ वर्षीया मिनाश्री राईको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ।

चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड र प्रदर्शन गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ।

अस्पताल बन्द र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आक्रोशित भिड नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो। हाल अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?