राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन्।
उनी आज बिहान ९:१० बजे त्रिभुवन विमानस्थलबाट सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन कतारतर्फ लागेका हुन्।
राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ।
गत बुधबारको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको थियो।
राष्ट्रपति पौडेल कतार प्रस्थान
काठमाडौँ - 🕗२०८२ कार्तिक १७ गते सोमबार, काठमाडौं।





