मौसम पूर्वानुमान: आगामी दिनमा मौसम बद्ली, भारी वर्षा र हिमपातको सम्भावना

पढ्नै पर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कार्तिक १० र ११ गते देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि कार्तिक १२ गते (बिहीबार) देखि १४ गते (शनिवार) सम्म भने मौसममा ठूलो फेरबदल हुनेछ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।

भारी वर्षा र हिमपातका कारण धानबाली भित्र्याउने कृषि कार्य प्रभावित हुन सक्ने भएकाले बिहीबारअगावै काम सक्न र उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिम पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। चिसो बढ्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र पहिरोको जोखिमसमेत रहेकोले आवश्यक पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?