पारिश्रमिक वृद्धिको माग गर्दै बंगलादेशमा कपडा श्रमिकको आन्दोलन, सयौँ कारखाना बन्द

पढ्नै पर्ने

बढ्दो महँगीका बीच न्यूनतम मासिक पारिश्रमिक ३० हजार टाका (करिब २४२ अमेरिकी डलर) पुर्‍याउन माग गर्दै बंगलादेशका तयारी पोशाक (गार्मेन्ट) श्रमिकहरू आन्दोलनमा उत्रिएका छन्। ढाका तथा आसपासका औद्योगिक क्षेत्रहरूमा आन्दोलन हिंसात्मक बन्दा सयौँ कारखाना बन्द भएका छन्।

हाल मासिक करिब १३ हजार टाका (१०५ डलर) पारिश्रमिक पाउँदै आएका श्रमिकहरूले खाद्यान्न, ग्यास, बिजुली तथा घरभाडा महँगो भएकाले पारिश्रमिक दोब्बरभन्दा बढी बनाउन माग गरेका हुन्। ढाका, आशुलिया र गाजीपुरलगायतका क्षेत्रमा प्रदर्शनकारीले सडक अवरुद्ध, तोडफोड र आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो। भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको र कम्तीमा २९ जनालाई पक्राउ गरेको जनाएको छ।

स्थिति जटिल बन्दै गएपछि सरकारले श्रमिकको पारिश्रमिक पुनरावलोकन गर्न एक समिति गठन गरेको छ। गृहमन्त्रीले आन्दोलनको आवरणमा देशलाई अस्थिर बनाउने प्रयास भए कारबाही गर्ने चेतावनी दिएका छन् भने श्रमिक प्रतिनिधिहरूले उचित पारिश्रमिकका लागि पहल भइरहेकाले आन्दोलन रोकेर काममा फर्कन आग्रह गरेका छन्।

विश्वकै दोस्रो ठूलो कपडा निर्यातकर्ता बंगलादेशको यो उद्योगमा करिब ४० लाख श्रमिक कार्यरत छन् भने यस क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै १० प्रतिशत योगदान पुर्‍याउँछ। आन्दोलन लम्बिएमा अन्तर्राष्ट्रिय व्यापार नै प्रभावित हुने चिन्ता बढेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?