मेयर बालेन शाहले बुझाए राजीनामा

पढ्नै पर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। आइतबार उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर प्रमुखले उपप्रमुखलाई राजीनामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ।

आफ्नो राजीनामा पत्रमा शाहले मेयरको रूपमा आफूले नगर र नगरवासीको हितमा काम गरेको स्मरण गर्दै आगामी दिनमा महानगरको नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले उपमेयर डंगोल र नगर कार्यपालिकालाई बाँकी कार्यकालको सफलताका लागि शुभकामना समेत दिएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?