काभ्रेको बनेपा नगरपालिका-४ नालाबाट ५३० ग्राम अवैध गाँजासहित २७ वर्षीय आशिष लामालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार लामालाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो। मोटरसाइकल चालक भने फरार रहेकाले उनको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





