पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिव र ३ पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पढ्नै पर्ने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार पूर्वसचिव केदार बहादुर अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।
मुख्य अभियुक्तहरू:
भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा पूर्वसचिव अधिकारीसहित प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी रहेका छन्। यस्तै, ठेकेदार कम्पनी चिनियाँ सीएएमसी इन्जिनियरिङ र परामर्शदाता कम्पनी ईआरएमसी/ए-नट/स्लेट जेभीलाई पनि विपक्षी बनाइएको छ।
के हो घोटाला?
विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको मुख्य सम्झौतामै परामर्शदाताका लागि २८ लाख अमेरिकी डलर (करिब ३७ करोड रुपैयाँ) छुट्याइएको थियो। तर, सोही रकमबाट काम गराउनु पर्नेमा कर्मचारी र ठेकेदारको मिलेमतोमा प्राधिकरणको छुट्टै बजेटबाट थप ४० करोड ६८ लाख २६ हजार ५६८ रुपैयाँ खर्च गराएर भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?