त्रिभुवन विमानस्थलबाट साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

पढ्नै पर्ने

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजासहित एक जना थाइल्याण्डका नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३९ वर्षीय थाई नागरिक योङ्गयुट थुइअन (YONGYUT THUION) रहेका छन्। उनलाई विमानस्थलको टनेल गेटबाट करिब ३ किलो ४ सय ३५ ग्राम गाँजा जस्तो देखिने वस्तुसहित गए राति प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार थुइअन थाइ एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए। विमानस्थलमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको शंकास्पद वस्तु फेला पारेको थियो। पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?