रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, भोलि पुनः सुनुवाइ

पढ्नै पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ।
सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि यसलाई भोलि (मंगलबार) का लागि सारिएको हो। महान्यायाधिवक्ता कार्यालयले लामिछाने जोडिएका सहकारी ठगी प्रकरणमा यी दुई गम्भीर कसुर हटाउने निर्णय गरेको थियो, जसलाई बदर गर्न माग गर्दै रिट दायर भएको हो।
विभिन्न सहकारी प्रकरणमा मुछिएका लामिछाने हालै चितवन-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनी अहिले धरौटीमा रिहा छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?