काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बा हेम बहादुर मस्राङगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई आज पक्राउ गरिएको हो।
अख्तियारको टोलीले उनको खानतलासी गर्दा घुसबाहेक स्रोत नखुलेको थप ७७ हजार ६ सय रुपैयाँ र ३ थान मोबाइल समेत फेला पारेको छ। कुल ९२ हजार ६ सय रुपैयाँसहित कार्यालय परिसरबाटै समातिएका मस्राङगीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।
अख्तियारको फन्दामा वैदेशिक रोजगार विभागका नासु: घुस र स्रोत नखुलेको रकमसहित पक्राउ
काठमाडौँ - 🕗२०८२ चैत्र २९ गते आइतबार, काठमाडौं।





