स्वदेशी उत्पादन प्रवर्द्धनमा सरकारको अग्रसरता: प्रधानमन्त्री र मन्त्रीहरूद्वारा डीडीसीको प्रचार

पढ्नै पर्ने

काठमाडौँ । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न विशेष सक्रियता देखाएको छ। मन्त्रिपरिषद्को बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन र बजार विस्तारको एजेन्डा प्रस्तुत गर्नुभएको हो।
मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण र किसानको हितका लागि डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो। सो अवसरमा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको प्याकेज वितरण गर्नुभएको थियो।
प्रधानमन्त्री शाहले डीडीसीका उत्पादनहरूको स्वयं प्रवर्द्धन गर्दै स्वदेशी वस्तुको उपभोग बढाउन बलियो सन्देश दिनुभएको छ। नेपाली किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र शुद्ध उत्पादनको बजार सुनिश्चित गर्न सरकारले यो कदम चालेको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?