रसुवाको चिलिमेमा नेपाली सेनाद्वारा उद्धार र पहुँच मार्ग पुनर्निर्माण तीव्र

पढ्नै पर्ने

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा गत भदौ १० गते आएको बाढीपछि नेपाली सेनाले खोज, उद्धार तथा पुनर्निर्माण कार्यलाई तीव्र बनाएको छ। बाढी आएकै दिन घटनास्थल पुगेर प्रारम्भिक अनुगमन गरेको सेनाको टोलीले सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउने क्रममा दुई जनाको शव फेला पारिसकेको छ।

आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने काममा उल्लेख्य प्रगति हुनुका साथै आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ। भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य अघि बढाउँदै सुरुङको १०५ मिटरसम्म प्रवेश गरिसकेको छ। उद्धार कार्यलाई द्रुत बनाउन बबक्याट लगायतका एस्काभेटर प्रयोग गरी दलदल पन्छाउने काम निरन्तर जारी राखिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?