प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता: विकास र समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता

पढ्नै पर्ने

प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ बलियो बनाउने विषयमा गहन छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन र पारदर्शितामार्फत नेपाललाई विकासको नयाँ बाटोमा लैजाने आफ्नो योजना सुनाउनुभयो। जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन र सडक पूर्वाधारलाई अर्थतन्त्रको मुख्य मेरुदण्डका रूपमा अघि बढाउन दुवै पक्ष सहमत भएका छन्।
एडीबी अध्यक्ष कान्डाले नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता ‘प्रेरणादायी’ रहेको भन्दै प्रशंसा गर्नुभयो। नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबीले दीर्घकालीन साझेदारका रूपमा थप सहयोग विस्तार गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?