बनेपामा बाबुले चलाएको गाडीले किचेर चार वर्षीया छोरीको मृत्यु

पढ्नै पर्ने

बनेपामा बाबुले चलाएको गाडीले किचेर छोरीको मृत्यु भएको छ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ घर भइ हाल काभ्रेको बनेपा नगरपालिका ४ बस्ने वर्ष ३० का सरोज बरालले गाडी ब्याक गर्ने क्रममा आफ्नै छोरी अन्दाजी वर्ष ४ की समिक्षा बरालको ज्यान गएको हो।

बनेपा नगरपालिका– ४ त्रिवेणीचोकमा रहेको शुभकामना सप्लायर्स (गिटि वालुवा) डिपो भित्र बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडीले ठक्कर दिएपछि घाइते भएकी बालिकालाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको घोषणा गरेको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?