बर्दियामा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-६ दमौलीका ३६ वर्षीय शिवलाल सुनार रहेका छन्। उनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडित किशोरीलाई सुनारले जबरजस्ती करणी गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय, मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।





