भक्तपुर-नाला सडकखण्ड सञ्चालनमा, ४५ वर्ष पुरानो पुल भाँचिएपछि ह्युमपाइपले बनाइयो अस्थायी संरचना

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।

शुक्रबार राति पुल भाँचिएर अवरुद्ध बनेको काभ्रेको नाला–भक्तपुर सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। बनेपा नगरपालिका र सडक विभागले रातभर काम गरी ह्युमपाइप राखेर अस्थायी संरचना बनाएपछि यातायात खुलाइएको हो।

बनेपा नगरपालिकाको वडा नं ४ र १ को सिमानामा रहेको करिब ४५ वर्ष पुरानो पुल भाँचिएपछि यो महत्त्वपूर्ण वैकल्पिक मार्ग ठप्प भएको थियो। सडक विभाग र नगरपालिकाको समन्वयमा शनिबार राति छ वटा ठूला ह्युमपाइप राखेर अस्थायी पुल तयार पारिएको हो, जसले गर्दा आज बिहानदेखि सवारी साधन चल्न थालेका छन्।

यो सडकखण्ड काठमाडौंको पूर्वी नाकाबाट आवतजावत गर्ने प्रमुख वैकल्पिक मार्ग हो। हाल अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल खण्डमा सडक विस्तार भइरहेकाले हुने ट्राफिक जाम छल्न अधिकांश सवारीले विगत दुई वर्षदेखि यही बाटो प्रयोग गर्दै आएका थिए। पुल भाँचिएपछि राजधानी भित्रिने र बाहिरिने सवारी साधन पूर्ण रूपमा रोकिएका थिए।

स्थानीयका अनुसार, २०३७ सालमा निर्मित उक्त पुल शुक्रबार राति एउटा मालवाहक गाडी पार गर्नेबित्तिकै भत्किएको थियो। अस्थायी समाधानपछि सडक खुले पनि दीर्घकालीन र पक्की पुल निर्माणको आवश्यकता देखिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?