जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।
मनसुन सक्रिय भई बाढी-पहिरोको जोखिम बढेको भन्दै प्रशासनले भाद्र १ गतेदेखि १५ गतेसम्मका लागि दैनिक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी चलाउन निषेध गरेको हो।
यो नियम बीपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी हुँदै सिन्धुली जाने खण्डमा लागू हुनेछ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यात्रुको सुरक्षाका लागि यो कदम चालिएको प्रशासनले जनाएको छ।





