बुटवल पावर कम्पनीको ३२ औं वार्षिक साधारण सभा सम्पन्न

२०८१ पौष २८ गते आइतबार।

पढ्नै पर्ने

काठमाडौं 

बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष श्री पद्म ज्योतिज्यूको अध्यक्षतामा सम्पन्न भयो । उक्त सभाले शेयरधनीहरुलाई आ.व. २०८०/८१ को मुनाफाबाट चुक्त पूँजीको ५ % (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने छ । ३१ औं बार्षिक साधारण सभाको निर्णय वमोजिम १ करोड कित्ता शेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र वोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ ।

यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रुपमा हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विधुत प्राधिकरणमा जाने भएपनि हालसम्म विधुत खरिद बिक्री सम्झौतामा सहमति नभएका कारण अन्तरिम प्रवन्ध अन्तर्गत उक्त केन्द्रवाट ने.वि.प्रा.लाई विधुत आपूर्ति भईरहेको छ । लमजुङ्ग जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ ।

नेपाल विधुत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विधुत आपूर्तिको व्यवस्था गरिएको छ । यद्यपी नेपाल बिधुत प्राधिकरणले वर्षायाममा सबै विधुत नलिएका कारण सो आयोजनालाई मर्का पर्न गएको छ । आ.व. २०८२ को श्रावण देखी यस आयोजनाको विधुत खरिद बिक्री सम्झौता टेक अर पे मा परिणत हुने गरी ने.वि.प्रा.संग सहमति भएको छ । ३७.६ मे.वा.को कावेली ए जलविधुत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य तिब्र गतिमा सुचारु भएको छ ।

तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मर्स्यांदी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मर्स्यांदी जलविधुत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्यांदी जलबिधुत आयोजना र ३२७ मेगावाटको माथिल्लो मर्स्यांदी दोश्रो जलबिधुत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) वित्तिय व्यवस्थापन भई अगाडि बढाउने क्रममा छन् । १३५ मेगावाटको मनाङ मर्स्यांदीजलबिधुत आयोजनाको निर्माण कार्य शुरु भइसकेको छ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको अन्तिम चरणमा रहेको छ । १६० मे.वा. को मुगु कर्णाली जलबिधुत आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजनाहरु पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?