मङ्सिर १७, २०८१, सोमबार
काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले स्वागत गरेका छन् । चीनको ३ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए भने चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताहरुको एक आपसमा परिचय गराएका थिए ।
