काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डको नेतृत्व सभापति गगनकुमार थापाले गर्नेछन् । नवनिर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै कांग्रेस निर्वाचन केन्द्रित तयारीमा जुटेको छ । २१ फागुनमा हुने निर्वाचनबारे छलफल गर्न बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेसद्वारा १३ सदस्यीय संसदीय बोर्ड गठन
काठमाडौँ - 🕗 २०८२ माघ ०३ गते शनिबार ।





