दमननाथ ढुंगानाको पशुपतिमा अन्त्येष्टि

पढ्नै पर्ने


मङ्सिर ०३, २०८१, सोमबार
काठमाण्डौ

पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिएका थिए । ढुंगानाको अन्त्येष्टिको क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उँहाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?