मङ्सिर ०५, २०८१ बुधबार
काठमाण्डौ।
प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । प्रहरीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो। पश्चात प्रसाईले प्रधानमन्त्री ओली माथि लगाएका आरोप मिथ्या हो या सत्य हो प्रहरी अनुसन्धान पछि खुल्ने छ।