सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका अन्य उम्मेदवारहरूलाई टिकट वितरण गर्ने व्यस्तताका कारण उनी आफैँ उपस्थित हुन नसकेपछि मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंहमार्फत मनोनयन दर्ता गराइएको हो।
यसअघि काठमाडौँ क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका थापा यसपटक मधेस झरेर सर्लाहीबाट चुनावी मैदानमा उत्रिएका हुन्।
कांग्रेस सभापति गगन थापाको सर्लाही–४ मा वारेसमार्फत उम्मेदवारी
काठमाडौँ - 🕗२०८२ माघ ०६ गते मंगलबार, काठमाडौं।





