काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले उहाँहरूलाई शपथ गराउनुभएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।
नवनियुक्त मन्त्रीद्वयले आजै आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ। मन्त्रिपरिषद्मा पुनलाई विज्ञान र गुरूङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान मन्त्रीमा महावीर पुनद्वारा शपथ
काठमाडौँ - 🕗२०८३ जेठ २६ गते मंगलबार काठमाडौं।





