गृहमन्त्री लेखकको प्रहरीलाई कडा निर्देशन: आचरण सुधार्नुस्, अपराध नियन्त्रणमा प्रविधि अपनाउनुस्

पढ्नै पर्ने

गृहमन्त्री रमेश लेखकले प्रहरी कर्मचारीहरूलाई आफ्नो आचरण सुधार्दै नागरिकलाई सरल र झन्झटरहित सेवा दिन कडा निर्देशन दिनुभएको छ । उहाँले लागूऔषध, साइबर र आर्थिक अपराधजस्ता नयाँ चुनौतीको सामना गर्न प्रविधिको उच्चतम प्रयोग गर्नसमेत जोड दिनुभएको छ ।

शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको निरीक्षण भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रहरीका काम-कारबाही जनताप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । “शिष्ट व्यवहार देखाउनुहोस्, सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्नुहोस् । तपाईंहरूको कामले नागरिकले सुरक्षाको अनुभूति गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो ।

गृहमन्त्रीले महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसामा थप संवेदनशील हुन पनि सचेत गराउनुभयो ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाले पनि प्रहरीलाई नागरिककेन्द्रित र स्रोत-साधनको प्रभावकारी उपयोग गरी उत्कृष्ट नतिजा दिन आग्रह गर्नुभएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?