मंसिर २८ , २०८१ शुक्रबार
काठमाडौ ।
आजको २१ औ शताब्दीसम्म आइपुग्दा मानब जीवनमा निकै परिवर्तन भैसकेको छ। मानिस आफुमा ब्यस्त रहन चाहन्छ। केहि न केहि गरेर आफुलाई काममा लगाम लगाउन ब्यस्त रहदा आफनो परिवारको बारेमा सोच्नसम्म फुर्सद निकाल्न मुस्किल पर्दै आएको छ। यसले बिस्व ठुलो असर पर्न सक्छ, युवा अवस्थामै काममा ब्यस्त रहने हुदा बिवाह गर्न ढिला हुने, बिवाह भएपनि सन्तान जन्माउन हुर्काउन फुर्सद ननिकाल्ने हुदा जनसंख्या वृद्धिदर कम हुदै गएको छ । यस्तै अवस्थालाई मध्यनजर लगाउदै सन्तान जन्माउनसम्म पनि फुर्सद निकाल्न मुस्किल भएकाहरुलाई जापानको टोकियोमा महानगर सरकारले आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ भने बाकि ३ दिन बिदा दिने भएको हो । यसो गर्नुको मुख्य कारण घट्दो जन्मदरलाई रोक्न आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने अप्रिल २०२५ देखि लागु हुने गरी यो योजना बनाएको हो । यो योजनाले बच्चा हुर्काउनलाई त्यस्तै बच्चा जन्माउन मद्धत पुग्ने टोकियो सरकारले अपेक्षा गरेको छ।