पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा देशको संविधान र सार्वभौमसत्तामाथि ‘गम्भीर आक्रमण’ भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो राजीनामापछि सिंहदरबार र नेपालको नक्सा जलाइएकोलगायतका घटनाप्रति आक्रोश व्यक्त गरे।
जेन-जीको प्रदर्शनका क्रममा भएको हिंसा र युवाहरूको मृत्युको छानबिनको माग गर्दै ओलीले देशको अस्तित्व र स्वतन्त्रता रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। उनले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपील गरेका छन्।





