मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन र निर्माण कार्य थालनी

पढ्नै पर्ने

मङ्सिर ०९, २०८१, आईतबार  
काठमाण्डौ।

मनाङ मस्र्याङदी जलविद्युत कम्पनी प्रा. लि.द्वारा प्रवद्र्धित १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको निर्माणको चीनको एक्जीम बैंकसंग कर्जा सम्झौता सम्पन्न भई सो आयोजनाको वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भएको र निर्माण कार्य समेत प्रारम्भ भएको छ । सो कर्जा सम्झौता अनुसार एक्जीम बैंकले १७,५२,५०,००० अमेरिकी डलर (सत्र करोड बाउन्न लाख पचास हजार अमेरिकी डलर बराबर) ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य श्रोतवाट जुटाइएको कम्पनीले जानकारी दिएको छ । यस आयोजनाको अनुमानित लागत ३२,३०,००,००० अमेरिकी डलर (बत्तिस करोड तीस लाख अमेरिकी डलर) रहने छ ।

यस कम्पनीमा नेपालको नेतृत्वदायी जलविद्युत प्रवद्र्धक बुटवल पावर कम्पनी लिमिटेड, चिनियाँ लगानीकर्ताहरु एसीआईजी इन्टरनेशनल लि., सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, र क्यूवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरुको संयुक्त लगानीको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेष्टमेन्ट कम्पनी प्रा. लि.को संयुक्त लगानी रहेको छ । यस आयोजनामा ऋण तथा स्वपूँजी लगानीको अनुपात ८०ः२० रहने छ । यस कम्पनीको स्वपूँजीमा २०% बुटवल पावर कम्पनीको लगानी र ८०% चिनियाँ लगानीको हिस्सा रहनेछ । साथै, यस कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दाहरुलाई प्रचलित कानूनको अधिनमा रही शेयर उपलब्ध गराउने योजना समेत बनाएको छ ।

हाल आयोजनाको निर्माणकार्य EPC ठेक्का अन्र्तगत् Sinohydro Bureau 7 Co. Ltd., China ले गरिरहेको छ भने आयोजनाको निर्माण कार्य निर्धारित कार्ययोजना अनुरुप तोकिएको समय ४२ महिना भित्रै सम्पन्न गर्ने योजनाका साथ निर्माण कार्य अघि बढाइएको छ । साथै यस आयोजनाको निर्माण सुपरीवेक्षण चीनको Northwest Engineering Company, China ले गरिरहेको छ ।

यो आयोजना अर्धजलाशययुक्त आयोजना हो र यसको आयोजना स्थल मनाङ जिल्लाको चामे र नासों गाउँपालिकामा पर्दछ । यसको ग्रस हेड ४३० मिटर रहने छ । यस आयोजनाको बाँध चामे गाउँपालिका वडा नं. ३ कोतोमा तथा विद्युत गृह नासों गा.पा. वडा नं. ९ मा बनाइने छ । यस आयोजनामा ६ कि.मी. लामो हेडरेस सुरुङ मार्फत मस्र्याङदी नदीको पानी विद्युत गृहमा पठाईने छ । यस आयोजनाले वार्षिक ७६६ GWh विद्युत उत्पादन गर्नेछ । यिनै स्वदेशी तथा विदेशी कम्पनीहरुको संयुक्त शेयर लगानीमा मस्र्याङदी नदीमा क्यास्केड अवधारणामा निर्माणाधिन तीन जलविद्युत आयोजनाहरु मध्ये यस आयोजना पहिलो आयोजना हो । मनाङ र लमजुङ्ग जिल्लामा अवस्थीत अन्य दुई आयोजनाहरुमा १३९.२ मेगावाट क्षमताको लोअर मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाट क्षमताको अप्पर मस्र्याङदी–२ जलविद्युत आयोजना रहेका छन् । यी तीन वटै आयोजनाहरुको कुल जडित क्षमता ६०१.२ मेगावाट र कुल लागत १,२०,००,००,००० अमेरिकी डलर (एक अरव बीस करोड अमेरिकी डलर) रहने छ । प्रत्येक आयोजनाहरु छुट्टाछुट्टै कम्पनी मार्फत निर्माण गरिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?