मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज

पढ्नै पर्ने

बेलुन पड्केर घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज किर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन पड्केर घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

उनीसंगै घाईते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल यस अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले जानकारी गराएका हुन् ।

उनले लेखेका छन् स्वास्थ्यलाभको कामना गर्न्नुहुने, उपचारमा संलग्न रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवार, शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?