नेपाली महिला क्रिकेटमा इतिहास रचेको यू-१९ टोली

पढ्नै पर्ने

मङ्सिर ०२, २०८१, आईतबार
काठमाण्डौ

सन् २०२५ मा नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप खेल्ने इतिहास कोरिदैछ।

सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू-१९ टोलीले भने आगामी वर्षको जनावरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरिसकेको छ।  

युएईमा सञ्चालन भएको एसिया छनोटमा नेपालले घरेलु टोलीलाई पछि पार्दै बुधबार यू-१९ विश्वकपमा स्थान पक्का गरेको हो। छनोटमा नेपाल र युएईसहित कुवेत र थाइल्यान्डले भाग लिएका थिए। 

डबल राउन्ड रोबिन लिगको आधारमा भएको छनोटमा नेपालले सुरूवाती पाँच मध्ये चार खेलमा जित निकालेको थियो। पहिलो राउन्डमा घरेलु टोली युएईसँग पराजित हुँदा नेपालमाथि छनोटको दबाब बढेको थियो। 

पाँचौं खेलमा नेपालले कुवेतमाथि सानदार जित निकालेर रनरेटमा युएईमाथि दबाब बढाएको थियो। कुवेतविरूद्ध १६५ रनको जित निकाल्दा नेपालका लागि कप्तान पूजा महतोले १३० रन जोड्नुका साथै पाँच विकेट लिएकी थिइन्। जससँगै पूजा नेपालका लागि एकै खेलमा  शतक प्रहार गर्ने र पाँच विकेट लिने पहिलो खेलाडी बनिन्। 

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?