मङ्सिर १६, २०८१, आइतबार
काठमाण्डौ ।
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा ५ जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को भत्किएर दुर्घटना भएको हो । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। आइतबार बिहान करिब ९:५० बजे पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो। मृतक पाँचै जनाको पहिचान खुलेको रोल्पा प्रहरीले जानकारी दिएको हो। मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेका छन् ।