काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा संसद पुनर्स्थापनाका लागि भइरहेको पहल र सर्वोच्च अदालतमा दायर मुद्दाका विषयमा छलफल भएको बताइएको छ ।
संसद पुनर्स्थापनाका लागि दुवै दलका सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यता, अध्यक्ष ओलीले भने भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगमा बयान नदिने आफ्नो अडान कायमै राख्नुभएको छ ।





