काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार बिहान गोप्य भेटवार्ता भएको छ। ललितपुरको च्यासलस्थित एक निजी घरमा दुई नेताबीच भेटवार्ता भएको हो। भेटमा के विषयमा कुराकानी भयो भन्ने औपचारिक जानकारी दिइएको छैन, तर आगामी निर्वाचनमा एमाले र नेकपाबीच हुन सक्ने चुनावी तालमेल र सहकार्यका विषयमा प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ। ओलीसँगको भेटपछि उनी दिल्लीतर्फ प्रस्थान गर्ने तयारीमा छन्।





