काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कडा कटाक्ष गरेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतमा तारिख बुझ्न पुगेका लामिछानेले ओलीले आफूलाई लगाएको ‘गुन’ तिर्नकै लागि अदालत धाउनु परेको बताएका हुन् ।
अध्यक्ष ओलीले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा आफूले रविलाई गुन लगाएको तर उनले रिसिइबी साधेको बताएका थिए । त्यसको जवाफ दिँदै लामिछानेले भने, “केपी ओलीजीले खुब गुन लगाउनुभएको छ, उहाँले लगाएको त्यही गुन तिर्न अहिले सातै जिल्लाका अदालतमा दौडिरहेको छु ।”
ओलीको ‘गुन’ तिर्न सातै जिल्ला धाउँदैछु : रवि लामिछाने
काठमाडौँ - 🕗२०८२ पुस ०७ गते सोमबार, काठमाडौं।





