काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूबाट दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन उपकुलपतिहरूलाई निर्देशन दिनुभएको छ। आज भएको छलफलमा उहाँले शैक्षिक संस्थामा राजनीति गर्ने भए पेसा छाड्न सुझाव दिँदै राजनीतिक हस्तक्षेप अन्त्य गर्न कुनै पनि ऐन बाधक नहुने स्पष्ट पार्नुभयो।
उपकुलपतिहरूले सुरक्षाको चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्रीले प्रहरी प्रशासनले पूर्ण सुरक्षा दिने प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले शैक्षिक क्यालेन्डर पालना गर्न र परीक्षाको नतिजा १ महिनाभित्रै सार्वजनिक गर्नसमेत कडा निर्देशन दिनुभएको छ।





