मङ्सिर २०, २०८१, बिहिबार
काठमाण्डौ ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । गत मंसिर १७ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सकाएर फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक सहित अन्यले स्वागत सत्कार गरेका थिए । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी भएका थिए ।