मङ्सिर १०, २०८१, सोमबार
काठमाण्डौ।
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ । मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधीवक्ताले जानकारी दिए । बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको जानकारी दिएका हुन् ।