रवि लामिछानेलाई अनुसन्धानको लागी काठमाडौं ल्याईयो

पढ्नै पर्ने

मङ्सिर १३, २०८१, बिहिवार
काठमाण्डौ ।

रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको छ । लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई हवाई माध्यमबाट काठमाडौं ल्याइएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो। लामिछानेलाई अनुसन्धानका लागि पोखरा, रुपन्देही हुदै आज काठमाडौं ल्याईएको हो। काठमाडौंमा अनुसन्धान सकेपछि पुन उनलाई पोखरा नै पुर्याईनेछ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?