मङ्सिर १७, २०८१, सोमबार
काठमाण्डौ ।
रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा काठमाडौंमा लिएको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आज सोमबार लामिछानेको बयान सकिएको जानकारी दिएको हो । प्रहरीले शुक्रबारदेखि लिएको बयान आज सकिएको हो। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएसंगै लामिछानेलाई १३ मंसिरमा हवाई माध्यमबाट काठमाडौं ल्याइएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो। लामिछानेलाई अनुसन्धानका लागि पोखरा, रुपन्देही हुदै आज काठमाडौं ल्याईएको हो। काठमाडौंमा अनुसन्धान सकेपछि पुन उनलाई पोखरा नै पुर्याईनेछ ।