प्रकृति संरक्षण कोषमा अब ‘कार्यकर्ता’ होइन ‘विज्ञ’को नेतृत्व: तीन विदेशी विज्ञ सदस्यमा नियुक्त

पढ्नै पर्ने

राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पुरानै ऐतिहासिक गरिमामा फर्काउन सरकारले ठूलो नीतिगत निर्णय गरेको छ । दलीय कार्यकर्ता भर्ती गर्ने विगतको परम्परा तोड्दै पर्यावरण मन्त्री गिता चौधरीले विश्वस्तरमा स्थापित तीनजना संरक्षणविद्हरूलाई सदस्यमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त सदस्यहरूमा बेलायतका लर्ड क्यामोस, चर्चित संरक्षणकर्मी डा. एरिक डाइनर्स्टाइन र अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्रा.डा. विन्डी राइट हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्री चौधरीलाई कोषको नेतृत्व सुम्पिएपछि संस्थागत सुधारका लागि यो कदम चालिएको हो ।
मन्त्री चौधरीले कोषमा विज्ञहरूको आगमनसँगै कर्मचारी विनियमावली समेत संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गणतन्त्र अघि अन्तर्राष्ट्रिय विज्ञहरूको संलग्नता रहने यो कोषमा पछिल्ला वर्षहरूमा दलीय हस्तक्षेप बढेको थियो । यसपटकको ‘हाइप्रोफाइल’ मनोनयनले नेपालको जैविक विविधता संरक्षणलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइ दिने र जलवायु परिवर्तनका चुनौतीसँग लड्न दूरगामी नीति बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?