आज ३ असोजलाई नेपालमा संविधान दिवसका रूपमा मनाइँदैछ । २०७२ सालको यही दिन ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी भएको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। संविधान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् भने सरकारी निकाय, शैक्षिक संस्था र सुरक्षाकर्मीहरूद्वारा विशेष कार्यक्रमहरू सञ्चालन गरिएको छ।





