सञ्चारमन्त्रीको निर्देशन: समस्याबाट नभाग्नुस्, नतिजामुखी काम गर्नुस्

पढ्नै पर्ने

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले प्रश्न र समस्याबाट नभाग्न आग्रह गर्नुभयो।
मन्त्री तिमिल्सिनाले बजेट अभावको गुनासो गर्ने तर विनियोजित बजेट पनि खर्च गर्न नसक्ने प्रवृत्तिको आलोचना गर्नुभयो। उहाँले कर्मचारीहरूलाई जागिरे मानसिकताबाट माथि उठेर नागरिकको सेवकका रूपमा काम गर्न र अन्तरनिकाय समन्वय बढाउन जोड दिनुभयो।
बजेट खर्चको अवस्था निराशाजनक
मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार मन्त्रालयको बजेट खर्च सन्तोषजनक देखिएको छैन:
कुल बजेट: ७ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ।
कुल खर्च (वैशाख मसान्तसम्म): ५०.८८ प्रतिशत (४ अर्ब २ करोड)।
पुँजीगत खर्च: केवल १२.३८ प्रतिशत (२४ करोड २८ लाख)।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झाले स्रोत साधनको अभावभन्दा पनि कर्मचारीको कार्यक्षमता अभाव मुख्य समस्या रहेको औँल्याउनुभयो। बैठकमा हुलाक सेवाको आधुनिकीकरण र तथ्याङ्क व्यवस्थापनमा सुधार ल्याउने विषयमा समेत छलफल भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?