सञ्चारमन्त्री र डिजिटल मिडिया सोसाइटीबीच छलफल: गलत सूचना र ‘डीपफेक’ मुख्य चुनौती

पढ्नै पर्ने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रको गरिमा जोगाउन र यसलाई थप विश्वसनीय बनाउन सरकारले आवश्यक नीतिगत सुधार गरिरहेको बताउनुभएको छ। आज मन्त्रालयमा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले सञ्चार जगत बलियो भए मात्र लोकतन्त्र सुदृढ हुने उल्लेख गर्दै पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। विशेषगरी पछिल्लो समय प्रविधिको दुरुपयोगबाट फैलिने गलत सूचना र ‘डीपफेक’ सामग्रीहरू सञ्चार क्षेत्रका लागि गम्भीर चुनौती बनेको भन्दै उहाँले आमसञ्चार र मिडिया काउन्सिल विधेयकलाई सरोकारवालाहरूको सुझावका आधारमा परिमार्जन गरिने जानकारी दिनुभयो।
छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका प्रतिनिधिहरूले प्रेस काउन्सिलको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पत्रकार आचारसंहिताको पालना, विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य र डिजिटल पत्रकारिताको संस्थागत विकासका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए। जवाफमा मन्त्री तिमिल्सिनाले सञ्चार माध्यमहरूलाई जिम्मेवार र मर्यादित बनाउन सरकारले सकारात्मक हस्तक्षेप गर्ने र कानुनी प्रक्रियालाई समयानुकूल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?