देशको अवस्थाप्रति डा. कोइरालाको चिन्ता, सार्वजनिक शिक्षाको प्रवर्द्धनमा जोड

पढ्नै पर्ने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन खस्कँदै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै यसलाई उकास्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन्।

शुक्रबार काठमाडौंमा एक विद्यालयको कार्यक्रममा बोल्दै उनले देश “अधोगतितर्फ उन्मुख” रहेको टिप्पणी गरे। “यो स्खलनलाई रोकेर देशलाई माथि उठाउने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैले लिनुपर्छ,” उनले भने।

नेता कोइरालाले लोकतन्त्रमा शिक्षित समाज अपरिहार्य रहेको बताउँदै सरकार, नीति निर्माता र सञ्चार जगत सबैले सार्वजनिक विद्यालयको गुणस्तर सुधार र प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए। सकारात्मक सोचले मात्र देशलाई अघि बढाउन सकिने उनको भनाइ थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?