बारा । तनाव नरोकिएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपासको क्षेत्रमा आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
‘जेनजी’ समूह र प्रहरीबीच आज पनि झडप भएपछि थप क्षति हुन नदिन प्रशासनले कर्फ्यु लगाएको हो। यसैबीच, हिजो प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिकाका दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ।






