काठमाण्डौ
दक्षिण कोरियामा विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको दक्षिण कोरियालि संचार माध्यमहरुले जनाएको छ । १८१ जना विमानमा सवारमध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये एक जना चालक दलका सदस्य र अर्का एक जना यात्रु रहेका छन् । बिमान धावनमार्गमै दुर्घटना भएकोले दुर्घटना लगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको हाल उपचार भइरहेको छ ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका नागरिक थिए भने अरु सबै दक्षिण कोरियाका नागरिक थिए । विमान दुर्घटनाको कारण हालसम्म खुलेको छैन यद्यपि विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको सार्वजनिक भिडियोमा देखिएको थियो । ठोक्किए लगतै विमानमा आगो लागेको थियो ।
एजेन्सीको सहयोगमा