मङ्सिर ०४, २०८१, मंगलबार
काठमाण्डौ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान आफैं अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । ट्रकमा चालक, सहचालक र ट्रक धनि सवार रहेको प्रहरीले जानकारी दिएको हो। उनीहरु ३ नै जनाको उद्धार गरि प्राथमिक उपचारका लागि मझिमटारस्थित एक फार्मेसीमा पठाईएको छ।