युके पठाइदिने प्रलोभनमा ठगी: कुमारी तामाङ पक्राउ

पढ्नै पर्ने

काठमाडौं: वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाई युके पठाइदिने भन्दै ६ लाख ७२ हजार २ सय रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट कुमारी तामाङ पक्राउ परेकी छिन्। नुवाकोटको तार्केश्वर गाउँपालिका-१ घर भई हाल काठमाडौं-१६ बस्ने ३५ वर्षीया तामाङले २ जना पीडितबाट रकम लिई सम्पर्कविहीन भएपछि उजुरी परेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई काठमाडौं महानगरपालिका-१२ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी तामाङलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?