काठमाण्डौ। नेकपा एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोल्नेलाई हिजो (बुधबार) बसेको सचिवालय बैठकले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ भने पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ । पार्टीको निर्णय बिरुद्ध बोलेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते सोहि बिषयमा स्पष्टीकरण सोधेको थियो तर उनले स्पष्टिकरण नदीई पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले अभिव्यक्ति दिदै आएकाले रावललाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको जनाएको छ ।
एमाले पार्टिबिरुद्ध बोल्नेलाई निष्कासन र निलम्बन
पौष ११ , २०८१, काठमाण्डौ।
